२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खोपमा चरम लापरबाही’

अ+ अ-

झापा । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको ठहर गरेको छ ।

जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ ।

खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट ढुवानी गरेर पुर्‍याउनु, तत्काल खोपलाई नगरपालिका पुर्‍याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैर जिम्मेवार र चरम लापरबाही भएको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिका संयोजक रिमालले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएको हुँदा खोप बुझाउने र बुझ्ने दुवै पक्षका कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न राय दिइएको बताए।

स्वास्थ्य कार्यालय झापाले गत साउन १५ गते भेरोसेल खोपको १०३ भाइल बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई पठाएको तर सो खोप बिर्तामोडका कोभिड फोकलपर्सन खड्काले होटलमै बुझेका थिए । होटलमा खोप लुकाउन खोजेको भनेर विवाद भएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले तीन हप्ता छानबिन गरेर प्रतिवेदन बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै आज हुने कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने र आवश्यक कारबाहीका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताए ।

प्रतिक्रिया दिनुहोस