२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु, पहिलो दिन सात जनाले पाए सेवा

अ+ अ-

सिमकोट । हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले छ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ ।

सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आइतबारदेखि यहाँका नागरिकले नागरिकता पाएका छन् ।

सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यालय छ वर्षपछि आधिकारिकरूपमा कार्य सञ्चालन सुरु भएको हो । चारवटा गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवासुविधा सहजरूपमा प्रदान होस् भन्ने उद्देश्यले गृहमन्त्रालयको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि छ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीमबहादुर रोकायालाई दिइएकोे छ ।

नागरिकता र अन्य सिफारिस लिनका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सदरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भए पनि आइतबार सर्केगाडमै नागरिकता पाउँदा खुशी भएको चङ्खेली गाउँपालिका–४ निवासी मनिषा रावलले बताए ।

कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिइएको बताए ।

स्थानीय जनतालाई घरदैलोमै छिटोछरितो र पारदर्शी ढङ्गमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको कामु शाखा अधिकृत रोकायाले बताए । अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि इलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस