२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा एक दिनमा थप ३५ हजार सङ्क्रमित

अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख दुई हजार १८८ रहेको रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ ।

थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३९ लाख ६८६ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.४० प्रतिशत हो ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकहरुको सङ्ख्या चार लाख दुई हजार १८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस