२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष सपथग्रहण

अ+ अ-

तेहरान । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् ।

आर्थिक सङ्कट, अमेरिकासँगको सम्बन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबिचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए ।

धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउँदा नजनाउँदै भएको निर्वाचनबाट उनलाई विजयी भएको घोषणा गरिएको छ ।

इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्व शक्ति राष्ट्र बिच २०१५ को आणविक सम्झौता गरेका मध्यमार्गी तत्कालीन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका छन्। रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए।

इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिनु हुने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि सुरु भएको छ ।

इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहेका रायसीलाई मानवअधिकार उल्लङ्घन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।

निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताएका छन् । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मिएका हुन् ।

प्रतिक्रिया दिनुहोस