१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ ।

यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिए । दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै सङ्काय डिन डा कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। नेपाल सरकारका विभिन्न निकायका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको बताएका सामाजिक अभियान्ता भरत जङ्गमले पाँच दशक पछि आफ्नो सपना साकार भएकामा खुसी व्यक्त गरे। भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उनको जिकिर थियो ।

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगारीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस