२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यास नगरपालिकामा एक हजार २४५ योजना सम्पन्न

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

उपभोक्ता समितिमार्फत एक हजार २०३ योजना सम्पन्न भएका छन् । बोलपत्र प्रक्रियामार्फत ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् । बाँकी योजना कोभिड तथा विपद्का कारण सम्पन्न हुन नसकेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘कोभिड सङ्क्रमणका कारण केही समय काम पनि रोकियो, विपद्ले पनि काममा असर पर्‍यो’, उनले भने, ‘३१ योजना अधुरा छन् ।’

बिहीबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढीले पु¥याएको क्षति पुनःस्थापन गर्न आफैँले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा नगरस्तरीय र वडाध्यक्षको वडाध्यक्षमा वडा विपद् व्यवस्थापन समिति संशोधित ऐनअनुसार पुनःगठन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए।

यसैगरी नगरपालिकाका साविक स्थानीय निकायका कर्मचारीको समायोजन तथा स्तरवृद्धि गरिएकामा बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ । नगरपालिकाले व्यास–१० दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा २५ शय्याको नगर कोभिड अस्पताल व्यवस्थापन गर्न वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै सोही अस्पतालमा पिसिआर प्रयोगशालासमेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ ।

व्यास–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडाध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने कर्मचारी समायोजन एवं स्तरवृद्धिपछि नगरपालिका सङ्गठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगरसभा बस्नुपर्ने भएकाले संशोधन प्रस्ताव १५ दिनभित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस