२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूनतम साझा कार्यक्रममार्फत सरकारलाई प्रभावकारी बनाउने माओवादी केन्द्रको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आह्वान गरेको छ र कार्यदलका सदस्यलाई निर्देशन दिएको छ’, उनले भने ।

आजको बैठकमा सरकारमा सहभागी हुनेबारेमा कुनै छलफल नभएको उनले बताए । सरकारमा सहभागी हुने विषयमा गठबन्धनमा सामेल अन्य दलसँग छलफल भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘सकारको नेतृत्व गरेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाललगायतका अन्य पार्टी र सरकारलाई समर्थन गर्ने सांसदसँग पनि छलफल भइरहेको छ’, उनले भने, ‘सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिनु उपयुक्त हुने भएकाले हामी सबै गठबन्धनका शक्तिसँग छलफल गरेर छिट्टै सरकारलाई पूर्णता दिने निर्णय गर्नेछौँ ।’

माओवादीले पार्टीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न यही साउन २० गते केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न यही साउन १७ गते स्थायी समिति बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस