२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

अ+ अ-

रामपुर । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।

यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ ।

यस कार्यालयमा सेवा प्राप्त गर्न नसकेपछि नागरिकहरु सदरमुकाम तानसेन नै पुग्नुपरेको छ । सडकको समस्याका साथै टाढा भएकाले खर्चिलो हुँदा यहाँका स्थानीयवासीले सास्ती बेहोर्नु परेको रामपुरकी शिवकुमारी वाग्ले बताउँछिन् ।

‘सिंहदरबारको अधिकार गाउँ गाउँ भने पनि बेलाबेलामा कर्मचारी समस्याले हामी गाउँका नागरिकले समस्या भोग्नु परेको छ, वर्षा यामको समय सदरमुकाम आउन जान सडक भत्किने, पहिराको समस्या, अर्कोतर्फ सदरमुकामसम्म आवतजावतको खर्चले नागरिक मारमा परेका छन्’, उनले भनिन् ।

गृह मन्त्रालयको २०७७ साल चैत १६ को निर्णयअनुसार यस इलाका प्रशासन कार्यालय रामपुरमा प्रमुख तोकिएको भनिए पनि अहिलेसम्म आइपुगेका छैनन् । कार्यालय प्रमुख कहिले आउने भन्ने बारेमा जानकारी केही नभएको कार्यालयका खरिदार आशिष श्रेष्ठ बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पटक पटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको बताउँछन् ।

कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेयले बताएका छन् ।

‘कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालको दरबन्दी परेको छ, अर्याल आफैँले पहिला रामपुरमा सरुवाको माग गर्नुभयो तर अहिले उनले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, अब हामी हप्तामा एक पटक कार्यालयबाट सेवा दिने प्रयासमा लाग्नेछौँ’, प्रजिअ पाण्डेयले भने ।

आर्थिक वर्षको अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोबार सञ्चालन गर्ने गरी कार्यभार तोकेर काम गरेको छ ।

पूर्वी पाल्पावासीलाई सहज सेवा उपलब्ध दिने उद्देश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

यसभन्दा अघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलवार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो । अहिले भने यी सेवासम्बन्धी व्यवस्था नहुँदा सदरमुकाम तानसेन नै जानुपर्ने समस्या हट्न सकेको छैन ।

यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिइरहेका छन् ।

यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल एक, कार्यालय सहयोगी दुई जनाको दरबन्दी छ ।

हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक खरिदार कर्मचारी, करारमा एक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगी रहेका छन् । सह–लेखापाल श्रीकृष्ण न्यौपाने गत फागुन ७ गते सरुवा भएर काठमाडौँ गएपछि मालपोत कार्यालयका कर्मचारी सुरेशप्रसाद गैरेले मालपोत र इलाका प्रशासन कार्यालयमा सेवा दिँदै आएका छन्।

जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै ६५ किलोमिटर पूर्वका नागरिकलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले सो कार्यालयको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस