काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेका छन् ।
कार्यदलका सदस्यसमेत रहेका नेता शङ्कर पोखरेलले नेता नेपालले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, “माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।”