काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । केही बेरपछि केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्ने भएको हो ।
बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीबारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने छन् । विपक्षी गठबन्धनलाईसमेत समेटेर सानो आकारको मन्त्रिपरिषद् गठन गर्नको लागि देउवा परामर्शमा छन् ।