काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजीको दरबन्दी सृजना गरेको थियो । यससँगै हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । थापा एआईजीमा बढुवा भएसँगै आइजिपीका एक्ला दाबेदार विश्वराज पोखरेलको प्रतिस्पर्धी बनेका छन् ।