२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीका कारण बस्ती डुबानमा

अ+ अ-

गण्डकी । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् ।

लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिए ।

आफूहरूले यस सम्बन्धमा स्थानीय सरकारसमक्ष पनि जानकारी गराएको उनले बताए । तत्कालीन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उनले बताए । बाढीका कारण नहरमा आएको अनियन्त्रित पानीका कारण बाह्सय चौतारा एवं नवीन टोलमाथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै नहरको पानीले पक्की बाटो कटान गर्दै जान थालेपछि थप समस्या पर्ने देखिएको उनको भनाइ छ । उनका अनुसार बाढीका कारण स्थानीयवासीसहित शहरी स्वास्थ्य केन्द्रको भवनसमेत जोखिममा परेको छ ।

यस क्षेत्रमा बाढीका कारण पीडामा परेका जनताको समस्या समाधान गर्नुपर्ने जनाउँदै उनले राज्यले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदीखोला १ नं का बस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ । नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइजस्तो नभएर खहरे खोलाजस्तो बन्दा वर्षेनी समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालीन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायमा पहल गरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस