२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखाको बजेट पारित, काँग्रेसद्वारा बैठक बहिस्कार

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ ।

टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको वजेट शुक्रबारको दोस्रो बैठमार्फत पास गरेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाको दोस्रो बैठकमा पेश गर्नुभएको उक्त वजेट नगरप्रमुख प्रकाश अधिकारीले पारित गर्न नगरसभा समक्ष पेश गरेका थिए । उक्त बजेट बहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो।

टोखाले आव २०७८/०७९ को बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाहेक सामाजिक विकास, पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदा संरक्षण, कृषिको आधुनिकीकरण, खेलकूदलाई पनि बजेटले प्राथमितामा राखेको छ । गरपालिकाले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको छ ।

नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, संगठन संरचना, न्यायिक समितिको प्रतिवेदन लगायत पारित गरेको नगरप्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्।

बजेटसभा नेपाली कांग्रेसका जनप्रतिनिधीहरुले भने बहिस्कार गरेका छन् । बजेट टोखाको समग्र विकासका लागि लक्षित नभइ आगामी निर्वाचनलाई प्रभाव पार्नेगरी आएको भन्दै उनीहरुले बहिस्कार गरेका हुन् ।

कोरोना महामारीले पीडामा रहेका व्यवसायीलाई करमा ५० प्रतिशत सहुलियत दिनुपर्ने, कोरोना खोप व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, वडा स्तरीय विनियोजित बजेट बढाउनुपर्नेलगायतका आफ्ना मागलाई सम्बोधन नगरेपछि नगरसभा बहिस्कार गरिएको कांग्रेसको तर्फबाट टोखा–११ मा निर्वाचित वडाअध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।

टोखाको नगरसभामा काँग्रेसको तर्फबाट पाचजना वडा अध्यक्षसहित २१ नगरसभा सदस्य रहेका छन् । टोखा वडा नं २ का वडाअध्यक्ष दिपकराज जोशी, वडा नं ३ का वडाअध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडा अध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का वडाअध्यक्ष अधिकारी काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि छन् ।

नगरपालिमामा आव २०७७/०७८ मा एक अर्ब ७२ करोडको बजेट विनियोजन भएकोमा आव २०७८/०७९ मा उक्त वजेटलाई बढाएर रु एक अर्ब ८९ करोड पुर्याइएको छ । आव २०७७/०७८ मा सानो आकारको बजेट आउँदापनि प्रत्येक वडालाई रु दुई करोड ७१ लाख विनियोजन गरिएपनि आव २०७८/०७९ मा उक्त वजेटलाई घटाएर प्रत्येक वडालाई रु दुई करोड ५० लाख वजेट विनियोजन गरेको भन्दै जनप्रतिनिधीहरुले असन्तुष्टी जनाएका हुन् ।

‘वडालाई कम बजेट विनियोजन गरेर नगरप्रमुख र उपप्रमुखको तोक आदेशमा बजेट चलाउन खोजेकाले हामीले नगरसभा बहिस्कार गरेका हौँ”, वडा अध्यक्ष अधिकारीले भने । नगरसभामा आफू अल्पमतमा रहेकाले कतिपय बैठकको निर्णय नगरसभामा कार्यपालिका सदस्यलाई थाहा समेत नदिने गरेकोे उनले गुनासो गरे।

प्रतिक्रिया दिनुहोस