२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकभाका जगेर्ना गर्दै शुक्लाफाँटा नगरपालिका

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्न कार्यक्रम अघि सारेको छ । नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन् । नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारु समुदायको बसोवास रहेको छ । “पहाडी (डोटयाली) समुदायका लोक संस्कृतिका रुपमा रहेका सगुन, फाग, धुमारी, देउडा, राना थारु समुदायको होरी, चौधरी डगौरा समुदायको सखिया, माघी लगायतका नृत्य संगै प्रस्तुत गरिने लोक भाकाको मौलिकपन हराउँदै जान थालेपछि जगेर्ना गर्नका लागि नीति तथा कार्यक्रमै कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गरेका छौँ” नगर प्रमुख दिलबहादुर ऐरले भने, यसलाई कार्यान्वयन गर्छौ ।” “लोक भाकाहरु स्थानीय समुदायका गहना हुन् । यसले पहिचानलाई झल्काउँछ । पहिचानै लोप भए संस्कृति हराउँछ । यसै कुरालाई आत्मसात गर्दै पहिलोपटक लोकभाका जोगाउनका लागि कार्यक्रम ल्याएका छौँ, उनले भने । पहाडी समुदायले शुभकार्यमा गाउने सुगन गीत, सामूहिक रुपमा गाउने लोक लय फाग हराउँदै जान थालेका छन् । परम्परादेखि माङ्गलिक कार्यक्रहरुमा गाइने गीत पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण नगर्दा हराउँदै जान थालेको छ । “नयाँ पिंढीले पुराना मौलिकता बोकेका गीतहरु सिक्ने उत्सुकता नदेखाउँदा हराउने अवस्थामा पुगेका छन्” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, “यिनै कुराहरुलाई मध्यनजर गर्दै जगेर्ना गर्नका लागि आउँदो आवमा कार्यक्रम सञ्चालनका लागि योजना बनाएका छौँ ।”

लोकभाका जोगाउनका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, परम्परागत रुपमा लोक भाका गाउने व्यक्तिहरुको जमघट गरी नयाँ पिढीका युवा युवतीलाई त्यसबारे जानकारी दिने कार्य गरिने उनले बताए । फागमा धार्मिक, पौराणिक, ऐतिहासिक तथा सामाजिक विषयवस्तु पाइन्छ । यसमा विशेषगरी देवीदेवताको महिमा वर्णन गरिएको हुन्छ । देउडा यहाँका समुदायको मुख्य लोक संस्कृतिसँग जोडिएको भाका हो । डेउडा गीतमा विभिन्न पक्षहरूलाई समावेश गरी गीत गाइन्छ । जीवनमा आउने सुखदुःखका अनुभूति र मिलनबिछोडका पक्षसँगै राजनीतिक ब्यङ्ग र समाजमा भएका नकारात्मक कुराहरुविरुद्ध चेतना छर्ने माध्यम डेउडा हो । हाल यसको मौलिकपन हराउने क्रमसँगै विकृत रुपमा प्रस्तुत हुन थालेपछि यसलाई पुरानै अवस्थामा फर्काउनका लागि कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ । राना थारु समुदायको मुख्य पर्व होरीमा भगवान श्रीकृष्णको लीलालाई आफनै मौलिकपनमा पस्किने गरिन्छ । यो राना समुदायको मुख्य लोकभाकाका रुपमा रहेको छ । होरीमा बाह्य संस्कृतिको प्रवेशले प्रश्रय पाउँदा मौलिक लोकभाका हराउदै जान थालेपछि त्यसको जगर्ने गर्न नितान्त जरुरी भएकाले त्यसलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख ऐरको भनाइ रहेको छ । राना समुदायका संस्कृतिका जानकारसँगको सल्लाहमा अन्य लोपोन्मुख अवस्थामा पुगेका र लोप भैसकेका लोक भाकाहरुको समेत पहिचान गरी जगेर्ना गरिने छ ।

“राना थारु समुदाय विशिष्ट जातिका रुपमा रहेकाले पनि यस समुदायले गाउने परम्परागत लोक भाकाहरुको संरक्षण गर्न जरुरी छ”, वडा नं ६ का वडाध्यक्ष जगता रानाले भने, “लोक संस्कृति नै राना समुदायको पहिचान हो । त्यसैले लोकभाकासँगै अर्को पहिचान बोकेको पहिरनलाई समेत जोगाउन जरुरी छ ।” चौधरी डगौरा थारु समुदायका महत्वपूर्ण चाडपर्वमा गाइने परम्परागत लोक भाकाहरु हराउने क्रम बढ्दो क्रममा रहेको छ । सजना, झमरा, माँगर, ढमार, डफ, सुर्खेल, लगनी, सजनी, उडासी, सिगरु, सखिया, मघौटा, अस्टिम्की गीत, पचरा, मैना, ढक्हेर गीत, विडेसियालगायत ऋतु गीत, पर्व गीत, स्तुति गीत, प्रहर–प्रहरमा गाइने विभिन्न सन्दर्भका गीतहरूमध्ये थोरै मात्र थारु समुदायको जनजिव्रोमा रहेका छन् ।

“परम्परागत यी लोकभाकालाई जीवन्त राख्नका लागि लिपिवद्ध गरिनु जहरुको संरक्षण हुन जरुरी छ ।”रुरी छ” वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “थोरै गीतहरु मात्रै हाल प्रचलनमा रहेका छन् । धेरै गीतहरुको मौलिकपन खस्किदै जान थालेको छ । “नगरपालिकाले जनचेतनाका कार्यक्रमहरुलाई मात्रै अघि सार्नु हुँदैन । पुराना गीतहरु जगेर्ना गर्नका लागि लिपिवद्ध गराउने कार्यमा समेत समुदायसँग हातेमालो गर्न जरुरी छ । पहिलोपटक लोकभाका जगेर्ना गर्ने कार्यक्रम ल्याइएको छ । यसको कार्यान्वयन पक्षलाई बलियो बनाइनु पर्छ” उनले भने । लोक संस्कृति र लोकभाका मानव जातिको विकाससँगै आएको विरासत भएकाले यसको जगेर्ना गर्नु हामी सबैको दायित्व भएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस