२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रले ९९ केन्द्रीय सदस्य थप्दै, ४० वर्ष मुनिकालाई प्राथमिकता

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप गर्दै छ । स्रोतका अनुसार दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समिति बनाइने तयारी भइरहेको छ ।

पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । उक्त विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।

नयाँ थपिने सदस्यहरूमा ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ थपिने केन्द्रीय सदस्यमा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको बताइएको छ ।

केन्द्रीय समितिमा क कसलाई थप्ने भनी पार्टीको तल्लो तहबाटै सुझाव सङ्कलन भइरहेको छ । केन्द्रीय समिति टुङ्गो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुङ्गो लाग्ने छ ।

सर्वोच्चले नेकपाको पार्टी एकता भङ्ग गरिदिएपछि माओवादी केन्द्र हाल नयाँ सङ्गठन निर्माणको तयारीमा जुटेको छ ।

पूर्वमाओवादी नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशङ्कर चौधरी लगायतका नेताहरू एमाले प्रवेश गरेका छन् । उनीहरूको स्थान पनि रिक्त भएको छ ।

सर्वोच्चले २०७७ फागुन २३ मा एकता बदर गरिदिएको थियो । गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरूको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस