४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुजु फर्छ्यौटमा अपेक्षित नतिजा हासिल हुन नसकेकोमा मुख्यसचिवको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । सार्वजनिक निकायहरूमा बेरुजु फर्छ्यौटलाई उच्च प्राथमिकता दिए पनि अपेक्षित नतिजा हासिल नहुन नसकेकोमा मुख्यसचिव शंकरदाश वैरागीले असन्तुष्टि जनाएका छन् ।

आइतबार सिँहदरवारमा बसेको उच्च व्यवस्थापन समूह(इ-एसएमटी) बैठकमा मुख्यसचिव वैरागीले मातहतका निकायहरूबाट पेस हुन आएको हालसम्मको बेरुजु फर्छ्यौट दर न्यून देखिएको हुँदा बेरुजु फर्छ्यौटलाई उच्च प्राथमिकतामा राखी फर्छ्यौटको व्यवस्था मिलाउन भनेका हुन् । उनले निकाय प्रमुख र प्रशासन प्रमुखले आर्थिक अनुशासन कायम गर्न उच्च प्राथमिकता दिनुपर्नेसमेत बताएका छन् ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरू बेरुजु फर्छ्यौटमा उदाहरण बन्नु पर्ने बताउँदै मुख्यसचिव वैरागीले असार मसान्तसम्म बेरुजु फर्छ्यौटमा तदारुकता देखाउनसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नीति, योजना तथा बजेट कार्यान्वयनमा विशेष ध्यान दिई अनुगमन तथा मूल्याङ्कनमा भूमिका विस्तार गरी बजेटको उद्देश्य अनुसार समयमा नै कार्यान्वयन हुने व्यवस्था मिलाउनसमेत वैरागीको निर्देशन छ ।

चालु आर्थिक वर्षको पुँजीगत खर्च न्यून देखिएको हुँदा आषाढ मसान्तभित्र खर्च गर्न विशेष ध्यान दिन निर्देशन दिएका वैरागीले आगामी आर्थिक वर्षको योजना तथा बजेट कार्यान्वयनको माइल स्टोन समयमा नै तयार गरी नीति तथा कार्यक्रम नतिजामूलक रूपान्तरणकारी र विकासको दूरगामी सोच अनुरूप कार्य योजना, बनाई कार्यान्वयनको व्यवस्था मिलाउन भनेका छन् ।

आर्थिक वर्ष ०७८/०७९ को बजेट कार्यान्वयनको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, सामाजिक क्षेत्र र शासकीय क्षेत्रको क्लष्टर अनुसार प्रस्तुतीकरणको व्यवस्था मिलाउनसमेत उनको निर्देशन छ । मन्त्रालय तथा मातहतका सबै निकायहरूले सुशासन प्रवर्द्धन, गुनासो व्यवस्थापन र उजुरी फर्छ्यौटलाई प्राथमिकतामा राखी कार्य मुख्यसचिवले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस