२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले बाढी, तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष डा। प्रेम दङ्गालले विज्ञप्ति जारी गर्दै बाढी, पहिरोका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् । कृषियोग्य जमीन एकाएक बगर र खण्डहरमा परिणत भएकामा महासङ्घले चिन्ता प्रकट गरेको छ ।

महासङ्घले भारी वर्षातका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, प्यूठान, पाल्पा, स्याङ्जा, अर्घाखाँची, लमजुङ, कास्की, जुम्ला, जाजरकोट र डोटीमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा बाढीपहिरामा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । महासङ्घले बेपत्ता भएकाको खोजी कार्यमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिँदै घाइतेको उपचारमा कुनै कमी नराख्न आग्रह गरेको छ । विज्ञप्तिमा कोरोना महामारीको समय भएकाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पक्ष सहयोगमा जुट्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस