२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजका नाममा संस्कृति बिगार्ने गीत ननिकाल्न प्रतिष्ठानको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीज गीत निकाल्दा कलाकारहरूलाई शब्द चयनमा ध्यान दिन आग्रह गरेको छ। तीज गीतको नाममा वर्षेनी विकृति विसङ्गति र अभद्र श्रव्यदृश्यहरुप्रति श्रोताहरूको गुनासो आउने गरेकोले तीजको मौलिकता र संस्कृतिलाई विचार गर्न आग्रह गरेको छ।

प्रतिष्ठानले विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाली मौलिक लोकगीत सङ्गीत अन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्त्वपूर्ण गीतको रूपमा लिइन्छ । हरेक वर्ष उल्लेखनीय मात्रामा तीज गीत कुनै न कुनै माध्यमबाट व्यावसायिक रूपमा हेर्न पाइन्छ । यो सुखद पक्ष पनि हो ।’

हरेक वर्ष तीजको अवसर पारेर करोडौँको लगानीमा तीज गीत बजारमा आउँछन् । संस्कृतिका नाममा भएको यति ठुलो खर्चले आफ्नो देशको मौलिकता तथा सांस्कृतिक महत्त्व जोगाउन सक्नु पर्ने प्रतिष्ठानले जनाएको छ ।

‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसङ्गति, अभद्र श्रव्य दृश्यहरूप्रति समस्त दर्शक श्रोताहरूको गुनासो बर्सेनि आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यान आकर्षण भएको छ । तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक–गायिकाले, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्य दृश्य निर्माणकर्ता एवम् वितरकहरूमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवम् अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत–सङ्गीत प्रस्तुत नगरिदिनु हुन अनुरोध गर्दछौँ’ प्रतिष्ठानले भनेको छ ।

प्रतिक्रिया दिनुहोस