२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकका बाढीपीडितलाई सिल्क ग्रुपको खाद्यान्न सहयोग

अ+ अ-

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई सिल्क ग्रुपले खाद्यान्न सहयोग गरेको छ ।

सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं प्रतिनिधिसभमाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिल्क ग्रुपले २०० बोरा चामल सहयोग गरेको हो । सिल्क ट्रान्सपोर्टमार्फत प्राप्त चामल आजै सभामुख सापकोटाले मेलम्ची–इन्द्रावती क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिका संयोजक कृष्णगोपाल तामाङलाई हस्तान्तरण गरे।

उक्त खाद्यान्न सिल्क ग्रुपले मेलम्चीमा पु¥याएर हस्तान्तरण गरेको हो । खाद्यान्न आजै प्रभावित क्षेत्रमा पु¥याइएको छ । सिल्क ग्रुपले बाढीपहिरो पीडितलाई १०० वटा त्रिपाल र म्याट्रेस पनि सहयोग गर्दै छ ।

तातोपानी भन्सारमा रहेको त्रिपाल र म्याट्रेस मेलम्चीका लागि हिँडाइएको सिल्क ग्रुपका अध्यक्ष रमेश तामाङले जानकारी दिए । हिमालय सीमापार व्यापारमा संलग्न सिल्क ग्रुपले यसअघि पनि प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

सिल्क ग्रुप उत्तरी नाका विशेषगरी तातोपानी नाकामार्फत नेपाल–चीन व्यापारमा क्रियाशील रहेको छ । सिल्क ग्रुपले कोरोना भाइरसको दोस्रो लहरका बेला नेपालमा अक्सिजन सिलिण्डरको चर्को अभाव भएका बेला चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो ।

तीन दिनदेखिको अविरल वर्षापछि मंगलबार साँझ सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीमा परेर दर्जनौ बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सभामुख सापकोटासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ प्रभावित क्षेत्रमा पुगेर उद्धार, व्यवस्थापन तथा राहत वितरणमा जुट्नु भएको थियो । बाढीले मेलम्ची बजारका अधिकांश क्षेत्र डुबानमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस