२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने

अ+ अ-

काठमाडौँ । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलवार भएको छलफलपछि बुधवारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो। निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ ।

चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित डिपोबाट आजदेखि नै डिपो अपरेशनको कार्य शुरु भएको छ। नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजैदेखि फिर्ता भएको छ ।

सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नं प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगन्ज, चारआलीमा ट्रक तथा ट्याङ्कर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।

निगमको जनकपुर, पोखरा तथा अमलेखगन्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ। एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदूरलाई क्रमिक रुपमा खोप लगाइँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस