२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ख्वप अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

अ+ अ-

मध्यपुरथिमि । चीनको एक नगरपालिकाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान नगरपालिकाले चिनियाँ युयान पाँच लाख ९९ हजार ४०० अर्थात् नेपाली रुपैयाँ एक करोड नौ लाख २१ हजार ६८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

तातोपानी नाकामार्फत पठाइएको भेन्टिलेटर एक सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ थान, अक्सिजन सिलिन्डर ४० लिटरको १०० वटा र आइसियू शय्या ५० वटालगायतका उपकरण च्याम्हासिंहस्थित नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा राखिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । उनले दुई नगरबीचको सहयोग आदानप्रदानले आपसमा मित्रता र सम्बन्ध अझ प्रगाढ हुनेछ भने ।

विसं २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । नगर प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ रोगको दोस्रो लहरबाट नेपालमा तीव्र गतिमा सङ्क्रमण बढेसँगै चिन्ता गरेर शान्नान नगरपालिकाबाट पत्राचार गरेपछि भक्तपुर नगरपालिकाले सहयोगको आग्रह गरेको थियो ।

भक्तपुर नपाले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड—१९ का बिरामीको लागि ख्वप अस्पतालअन्तर्गत २५ शैय्याको एचडियूसहित ७५ शैय्याको कोभिड युनिट सञ्चालन गर्दै आएको छ । जनतासँग सहयोग सङ्कलनबाट उठेको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामाग्रीहरू चीनको छेन्दुबाट ल्याएर अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको र अब केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुने प्रजापतिले बताए ।

चीनले केही दिन अगाडि नेपाल मजदूर किसान पार्टीको तर्फबाट १५ हजार थान मेडिकल मास्क र पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर ख्वप अस्पताललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस