१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

अ+ अ-

काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले बैठकमा बोल्दै देशमा नाथुराम गोड्से आवश्यक रहेको विवादित अभिव्यक्ति दिएका हुन् ।

उनले प्रदेश सभाको रोष्ट्रमबाट भनेका थिए,‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

वैद्यको यो अभिव्यक्ति पछि सामाजिक सञ्जालमा आलोचना भएको छ । उनले यो देशमा नाथुराम गोड्से आवश्यक रहेको र कोही नभए आफै नाथुराम बन्नेकी भन्दै प्रधानमन्त्री ओलीलाई आफ्नो सत्ता जोगाउन जे कुरामा पनि सम्झौता गरिरहेको भनी नीच भाषामा त्यस्तो अभिव्यक्ति दिएका छ ।

नाथुराम गोड्से महात्मा गान्धीका हत्याराका रूपमा चिनिन्छन् । सामाजिक सञ्जालमा कतिपयले वैद्यले वैद्यलाई आत्मालोचना गर्नुपर्ने बताएका छन् भने कतिपयले पक्राउ गरी कारबाही गर्नसमेत माग गरेका छन् ।

यस्तै वैद्यको उक्त अभिव्यक्तिपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आत्मालोचना गर्न भनेका छन् । ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन, उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएकोसमेत उल्लेख गरेका छन्’, प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस