धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। भट्टले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाए।
भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पनि मत दिएपछि बहुमत पाएका हुन्।
प्रदेश सभामा ५१ उपस्थित सांसदमध्ये ३० ले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन्।
कांग्रेसका १२ जना सांसदले भने मत हालेनन्। प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन्।