२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै

अ+ अ-

काठमाडौँ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ ।

महिला पुनः स्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन् । सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाउँछ ।

घरेलु हिंसाका घटनामध्ये दाइजो नल्याएको वा कम ल्याएको र छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाइएको, चारित्रिक आरोप लगाइएको, गालीगलौज तथा अपशब्द प्रयोग गरिएको, शारीरिक तथा मानसिक यातना दिइएकोलगायतका छन् ।

यसबाहेक महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरी बेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधाबाट वञ्चित गरी हिंसा गरिएको पाइएको छ । उक्त तथ्याङ्कअनुसार घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देखिन्छ ।

घरेलु हिंसाका घटनाबाहेक यस अवधिमा ४५ बलात्कार, १५ सामाजिक हिंसा, १४ हत्या, पाँच हत्या प्रयास, छ यौनदुव्र्यवहार, चार आत्महत्या, दुई मानव बेचबिखन, दुई बलात्कारको प्रयास र १७ अन्य प्रकृतिका हिंसाका घटना सङ्कलन भएका छन् । अन्य प्रकिृतिका घटनामध्ये पारिवारिक स्रोतका अनुसार लैङ्गिक हिंसाका कारणले दुई जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । यस विषम परिस्थितिमा तीनै तहका सरकारले न्यून आय भएका जनतालाई राहतको व्यवस्था गर्नुपर्ने, हिंसापीडितका लागि सुरक्षाको प्रत्याभूति र उजुरीको सहज व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस