१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

अ+ अ-

सिमकोट । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए ।

नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन ।

यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ । यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ ।

हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ । मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ्गलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस