१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढ अन्तरराष्ट्रिय विमानस्थलको डिपिआर तयार पारिने

अ+ अ-

काठमाडौँ । सरकारले दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगढ अन्तरराष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार पारी निर्माण, लगानीको ढाँचा निर्धारण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा विमानस्थलका लागि पूर्वाधार विकास एवम् सञ्चालनका लागि अन्तरराष्ट्रिय लगानीकर्ता छनोट गर्ने विषयलाई समावेश गरिएको छ । यस्तै आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण, साइट क्लियरेन्सलगायत विमानस्थल निर्माणको पूर्वतयारीका कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आन्तरिक विमानस्थल विस्तार, स्तरोन्नति र आधुनिकीकरणलाई निरन्तरता दिँदै इलामको सुकिलुम्बा, गुल्मीको सिमीचौर र डोल्पाको मसिनचौरमा परीक्षण उडान गरिनेछ । चन्द्रगढी, राजविराज, तुम्लिङ्गटार, जनकपुर, धनगढी, अर्घाखाँची, स्वर्गद्वारी, पाटन, दार्चुलालगायतका विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै, सुर्खेत र भरतपुर विमानस्थलको विस्तार एवम् स्तरोन्नति तथा नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण शुरु गरिनेछ । वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी दाङ्गको नारायणपुर विमानस्थल निर्माण शुरु गर्ने सरकारको योजना छ ।

ओखलढुङ्गाको खिजी चण्डेश्वरी विमानस्थल सञ्चालनमा ल्याउने तथा ताप्लेजुङ्ग सुकेटारको धावनमार्ग विस्तार सम्पन्न गर्ने तथा तेह्रथुमको चुहानडाँडा विमानस्थलको निर्माण तीव्र पार्ने कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

आकस्मिक स्वास्थ्य सेवा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक कार्यका लागि आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा हेलिप्याड निर्माण सम्पन्न हुने लक्ष्य निर्धारण गरिएको छ । आगामी आवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ रु २७ अर्ब ४७ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस