काठमाडौँ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचलाई जरिवाना गरेको छ । युईएफएले इब्राहिमोविचलाई ५० हजार युरो जरिवाना गरेको बताइएको छ ।
माल्टाको बेटिङ वेबसाइट बेटहार्डसँग संग्लग्नता पाइएपछि उनलाई जरिवाना गरेको जनाइएको छ । बेटहार्डमा इब्राहिमोविचको १० प्रतिशत लगानी रहेको बताइएको छ ।
यसैगरी इब्राहिमोविचको क्लब एसी मिलानलाई समेत २५ हजार जरिवाना तोकेको छ ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।