३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाले भन्यो – ‘कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी अनुसन्धान गर’

अ+ अ-

वासिङटन । विश्वभरि महामारी निम्त्याएको कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड–१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्लूएचओलाई आग्रह गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्। कोभिड–१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो।

त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ।

यसै वर्षको मार्चमा डब्लूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो। उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो। तर कैयौँ प्रश्न अझै अनुत्तरित रहेको बताइन्छ।

अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ।

त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ।

कस्तो अनुसन्धान आवश्यक ?
यसै सन्दर्भमा डब्लूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन्।

बेइजिङले भने ती विवरणहरूलाई क्रुद्धतापूर्ण रूपमा खारेज गरिदिएको छ। उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।

मङ्गलवार डब्लूएचओको बैठकमा बोल्दै बेसेराले चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताए।

मङ्गलवार ह्वाइट हाउसले पनि उसले डब्लूएचओबाट विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ।

ट्रम्पले गरेका थिए पहिले दाबी
प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने भनाइलाई गत वर्ष षड्यन्त्रको सिद्धान्त मानिएर खारेज गरिएको थियो।

त्यति बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको भन्ने भनाइ राखेका थिए।

कैयौँ अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए। पछिल्ला विवरणहरूप्रति ट्रम्पले प्रतिक्रिया जनाएका छन्।

उनले मङ्गलवार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई ‘उक्त विषय शुरूमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको’ भनेका छन्। “अहिले आएर सबैजना उनी सही थिए भन्दैछन्।” बीबीसी

प्रतिक्रिया दिनुहोस