२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स

अ+ अ-

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदानसहित माताहतका १० वटै स्वास्थ्य संस्थामा ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

‘दिनानुदिन बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामीले आफ्नो श्रोत र साधनले भ्याएसम्म काम गर्न खोजि रहेका छौँ, सर्वसाधरण नागरिकको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सबै स्वास्थ्य संस्थामा केही उपकरण थपगरी सेवा बढाउने, यसमा खटिने स्वास्थ्य कर्मचारीलाई प्रोत्साहन दिने, कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स र पोषणयुक्त खानाको सुविधा दिने पनि निर्णय भएको छ’, गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भने । उनका अनुसार माताहतका १० वटा स्वास्थ्य संस्थाका लागि उच्च रक्तचापको मापन, अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी भाइटल मोनिटर तत्काल खरिद गरिने भएको छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा रहेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र एम्बुलेन्स चालकलाई मासिक तलब शुरु स्केलको ५० प्रतिशत थप गरी प्रोत्साहन स्वरूप उपलब्ध गराउने समेत गाउँपालिकाले निर्णय गरेको छ ।

सङ्क्रमणका विरुद्ध आवस्यकताअनुसार स्वास्थ्यकर्मीको टोलीलाई टोलटोलमा खटाउने, सङ्क्रमण रोकथामका लागि खटिएका गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाका ईन्चार्ज र टोल विकास संस्थाका अध्यक्षलाई मासिकरूपमा सञ्चार खर्च उपलब्धसमेत गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

अस्थायी कोभिड अस्पतालमा रहेका बिरामीलाई खाजा खानाको व्यवस्थापन गाउँपालिकाले मिलाउने छ भने होम आईसोलेशनमा रहेका सङ्क्रमित बिरामीलाई पोषणयुक्त खानाका लागि दुई हजारका दरले प्रदान गरिने भएको छ ।

यता होम आईसोलेशनमा नै रहेका बिरामीलाई चिकित्सकको सिफारिसमा स्वास्थ्यकर्मीमार्फत औषधिको प्याकेज उपलब्ध गराउने बताइएको छ । सङ्क्रमणकै कारण निधन भए दाहसंस्कारका लागि रु २० हजारसमेत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस