काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने कुरा राखेसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।