३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पताललाई थप ३ थान भेन्टिलेटरसहित मेडिकल उपकरण सहयोग

अ+ अ-

वीरगन्ज । सानो पाइलाले वीरगन्जस्थित नारायणी अस्पताललाई तीन थान हाईफ्लो नेजल क्यानुलानन ईन्भेसिभ भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै फैलिएको महामारीमा अस्पतालमा बिरामीहरूलाई उपचारमा सहयोग पुर्‍याउन उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैर नाफामूलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरूको व्यवस्था गरेको जानकारी दिएको छ ।

नारायणी अस्पताललाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरूमा जडान हुने एल्बो किट, न्याजलक्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका ४ सेट मेडिकल उपकरण एनपिएल समाज कल्याण संस्था वीरगन्जसँगको समन्वयमा प्राप्त भएको छ ।

साथै राष्ट्रिय आविष्कार केन्द्रबाट प्राप्त भएका अक्सिजन स्पिल्टिर ५ सेट पनि नारायणी अस्पताललाई हस्तान्तरण गरेको जानकारी साना पाइला संस्थाले दिएको छ । यस उपकरणको सहायताले एउटै अक्सिजन सिलिन्डरबाट दुई जना बिरामीलाई अक्सिजन सर्पोट दिन सकिनेछ ।

आइतबार सानो पाइलाका प्रमुख लेखापाल दीपेश सर्राफले भेन्टिलेटरसहितका सम्पूर्ण मेडिकल उपकरणहरू नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुलहकलाई हस्तान्तरण गरेका हुन् । यससँगै नारायणी अस्पतालमा भेन्टिलेटरहरूको सङ्ख्या २१ पुगेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशनदासले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ, स्रोत परिचालन प्रमुख भाजु पटेल, नारायणी अस्पतालको स्टोर शाखाका सुशील यादवलगायतको उपस्थिति रहेको थियो । यसअघि पनि संस्थाले नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस