काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
कोरोना सङ्क्रमण भई २१ दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरू नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
पूर्व राजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणासमेत डिस्चार्ज भएका हुन् ।