३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपश्चिम विश्वविद्यालयमा चार डीनसहित १७ पदाधिकारी नियुक्त

अ+ अ-

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १७ जना पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पहिलोपटक ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

व्यवस्थापन संकायतर्फको डीनमा प्रा.डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् ।

त्यसैगरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा.डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. सुधन झा नियुक्त भएको उपकुलपती सिंहले बताए ।

यस्तै विश्वविद्यालयका ९ वटा आंगिक क्याम्पसमा क्याम्पस प्रमुखहरु नियुक्त गरेको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

विश्वविद्यालयले पदाधिकारी छनोटको लागि लोक सेवा आयोगका सदस्य बृन्दा हाडाको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको थियो । छनोट समितिले उम्मेदवारले पेश गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहित डकुमेन्टको आधारमा नाम सिफारिस गरेको हो ।

समितिले सिफारिस गरेका नाम वैशाख १८ गतेको कार्यकारी परिषद्को बैठकबाट जेठ १ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरिएको थियो । यसअघि पनि विश्वविद्यालयले रजिष्ट्रार नियुक्ति गर्दा खुला विज्ञापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस