२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिमी एक महान् नारी हौ आमा !

अ+ अ-

खै कुन्नि किन हो आमा ?
वर्षमा एक पटक मात्रै आउँछ
तिम्रो मुख हेर्ने दिन
शायद
भौतिकवादको अहमताले चुर्लुम्म डुबेको दुनियाँ
अरू दिन उत्रन सक्दैन भनेर हो कि ?
तिथि नै पर्खिनुपरेको ।
तर म चाहन्छु आमा
सधैँभरि आओस्
तिम्रो मुख हेर्ने दिन
तिम्रो गर्विलो सन्तान बनेर
तिम्रा सामु मुख देखाई रहन लायक हुने दिन
शुभकामना छ आमा !
आओस् अझै तिम्रो सुख हेर्ने दिन
तिम्रो प्रफुल्लित मुहारमा अटल कान्ति छाइरहने दिन
ससम्मान परिवारसाथ रम्दै वृद्धाश्रम बस्न नपर्ने दिन ।

तिमीले आधा पेट खाई-खाई जोडेका
सुकी, मोहर र दाइजोमा ल्याएका
अनि पेवा भनी तिमीले पाएका
ती सम्पत्ति र असर्फी
जब सन्तानको उज्ज्वल भविष्यको खातिर
खर्चिन्छौँ अनि बर्षाईदिन्छौं दरिद्रता बिर्साई
तब लाग्छ नि आमा तिमी लक्ष्मीको प्रतिमूर्ति हौ
आफ्नो सन्तानको रक्षार्थ
जतिसुकै कठोर र निर्मम प्रहार पनि झेल्ने तिमी
सन्तानमाथि खतरा मात्रै ठानेऊ भने
कालीको उग्र रूप लिन्छ्यौ तिमी
अनि सन्तानलाई संस्कारी र सद्गुणी बनाउन
विद्या र सद्बुद्धि दिलाई सरस्वती पनि बन्छ्यौ तिमी
त्यसैले त आमा तिमी साक्षात् देवी हौ ।

आफ्नो गुन्यु चोलो अनि फरिया च्यातेर
सन्तानको शरीर र लाज ढाक्छ्यौ तिमी
हर मठमन्दिर र शक्ति पीठ पुग्दा समेत
चिरञ्जीवी रहोस् भन्दै वर माग्छ्यौ तिमी
आफ्नो अगाडि र आफूले नख्वाएसम्म
केही खाएन कि भनी भान्सा कुरी बस्छ्यौ आमा
सन्तानलाई खुवाउँदा आफ्नो भाग रित्तिने
खाएँ भन्दै भोको पेट पटुकीले कस्छ्यौ आमा
कति त्याग मात्रै गरिरहन्छ्यौ है आमा

तिमी साँच्चै मायाकी खानी हौ ।
सन्तानको खुसी र हाँसोमा सर्वस्व देख्ने तिमी
हल्का काँसो मात्रै लाग्दा बिरामी पर्‍यो भनी
चिन्तित भएर रातभरि जाग्राम बस्ने तिमी
कोखमा नौ महिना सम्म हरपलको जोखिम र
त्यो असह्य प्रसव पीडालाई पनि बिर्सेर
सन्तान प्राप्तिमा सबै थोक देख्छ्यौ तिमी
तर आजीवन
सन्तान प्रतिको दायित्व र कर्तव्य निभाए पनि
शिशुलाई एउटा लक्का जवान बनाएपछि
उसले सारा गुन र ती तिम्रा मातृवत्सल बिर्सी
घरबाट बृद्दाश्रमसम्म खेदाउँदा समेत
न कुनै गुनासो र पारिश्रमिक नै खोज्छ्यौ आमा
चुपचाप केवल धिक्कार्छौ उही आफ्नै खोटो भाग्यलाई
अहँ, बदनामको त कुनै छाँयासम्म पर्न दिँदैनौँ सन्तानलाई
त्यसैले सहनशीलताको पर्याय पनि हौँ आमा
वास्तवमा तिमी एक महान् नारी हौ आमा ।।।

प्रतिक्रिया दिनुहोस