२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज संसद्को विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

आज सांसदहरूले विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्ने छन् । एमालेले ह्विप जारी गर्दै सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर सत्तापक्षकै नेपाल–खनाल समूहले भने सोमबार बिहान नौ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूका माग पूरा नभए सामूहिक राजीनामा दिने भन्दै पत्र लेखेका छन् ।

यसै गरी प्रतिपक्षी नेपाली काँग्रेसले पनि विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको छ । माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिइसकेको छ । जसपाले पनि विश्वासको मत नदिने भनिसकेकोले प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन चुनौतीपूर्ण देखिएको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । एमालेका १२१ सांसद छन् । नेपाल खनाल समूहले राजीनामा दिने भनेपछि ती पनि घट्ने सम्भावना छ । माओवादी केन्द्रका ४२, काँग्रेसका ६१ र जसपाका ३२ सांसद छन् ।

यदि विश्वासको मत लिँदा पक्षमा बहुमत भए ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । उनको पक्षमा बहुमत सांसदले भोट नगरे  प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस