३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने

अ+ अ-

लन्डन । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्न बिहीबार बृहत् भेला गरेको छ । सो भेलाले नेपालमा कोभिड महामारीविरुद्ध लड्न रु ५० लाखको ‘कोभिड–१९ च्यालेञ्ज  फन्ड’ खडा गर्ने घोषणा गरेको छ ।

कोभिड च्यालेन्ज फन्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ ।

भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिम्खडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाइँमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा युरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताको उपस्थिति रहेको थियो ।

भेलामा फिनल्यान्डका अध्यक्ष कोमल पौडेल, स्विडेनका अध्यक्ष चिरञ्जीवी खरेल, नर्वेका अध्यक्ष विश्वास बजगाईँ, डेनमार्कका अध्यक्ष शिव चापागाईँ, जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्य युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्ले क्षत्री, स्पेनका अध्यक्ष हेम शेर्पा, स्पेनका पूर्व अध्यक्ष तथा एनआरएन युरोपका डिआरसी मुक्त गुरुङ, पोर्चुगलका अध्यक्ष मदन लिम्बू, साइप्रसका अध्यक्ष लोकराज रोक्कामगर, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, युकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजङ्ग शाह र पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ–आफ्नो मन्तव्य तथा सुझाव प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीले गत मङ्गलबार पनि एक कार्यक्रम आयोजना गरी नेपालमा बढ्दै गएको कोरोना रोकथामका लागि प्रवासबाट स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको थियो । उक्त सामग्री खरीद प्रक्रिया र कोष खडा गर्ने काम सँगसँगै अघि बढाइने अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस