२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेक्सिकोमा रेल दुर्घटना कम्तीमा २० को मृत्यु, ७० घाइते

अ+ अ-

मेक्सिको सिटी । मेक्सिको सिटीस्थित सहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।

घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शेनबाउमले बताए । उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको बताए ।

शेनबाउमले भने, “कारमा च्यापिएको एक व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने उद्धारकर्मीहरूले ओभरपास र रेलका डब्बा हटाई फसेका व्यक्तिहरूको खोजी गरिरहेका छन् । मृतकहरू बालबालिका तथा महिलासमेत रहेको बताएका छन् । शेनबाउमले कारमा फसेका अन्य व्यक्तिहरू जीवितै रहेको वा मृत्यु भइसकेको अझै थाह हुन नसकेको बताए।

पुलको निर्माण गरेका नगरका पूर्व प्रमुख तथा विदेश मामिला मन्त्री मार्सेलो इबार्डले सहरमा भएको दुर्घटनालाई भयङ्कर त्रासदीपूर्ण घटना भन्दै भने, ‘पक्कै पनि यसको कारण अनुसन्धान गरिनुपर्छ र दोषीको पहिचान गरिनु पर्छ ।’

मेक्सिको सिटीको रेल सेवा संसारको सबभन्दा ठुलो र व्यस्तमध्ये एक हो, आधा शताब्दी पहिले यसको उद्घाटन भएदेखि कम्तीमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् ।

गत वर्षको मार्चमा, टाकुबाया स्टेसनमा दुई रेल बिचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए । त्यस्तै सन् २०१४ मा ओसिनियामा समयमै नरोकिएको एउटा रेल स्टेसनमा अर्को रेलसँग जुध्दा अर्को दुर्घटनामा भएको थियो जसमा १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस