१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

अ+ अ-

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताएकी छन्।

मध्य अमेरिकी मुलुकहरुका आप्रवासीहरु अमेरिका प्रवेशको क्रम तिब्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरुकै मुलुकमा अवसर सिर्जना गर्नेगरी ती मुलुकलाई आर्थिक सहायतामा वृद्धि गर्न लागेको हो ।

राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्य अमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी तोकेका थिए । त्यही सिलसिलामा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल बैठक गरेकी हुन् । दुबै नेताबीच आप्रवासनका मुख्य कारणहरु पहिल्याउन र दिर्घकालीन समाधान खोज्न सहमति भएको छ ।

उपराष्ट्रपति ह्यारिसले मङ्गलबार ग्वाटेमालामा सक्रिय सामुदायिक संस्थाका प्रमुखहरुसँग भेटघाट गर्नेछिन् भने अर्को महिना मेक्सिकोका राष्ट्रपतिसँग पनि भर्चुअल बैठक गर्नेछिन् । उनले आगामी जुन महिनामा मेक्सिको र ग्वाटेमालाको भ्रमण पनि गर्नेछिन् ।

उपराष्ट्रपति ह्यारिसमाथि आप्रवासनका सन्दर्भमा निकै ठूलो चुनौती आइपरेको छ भने रिपब्लीकन पार्टीले उनी विरुद्ध कठोर टिप्पणी गर्न थालेको छ । रिपब्लीकन पार्टीले राष्ट्रपति र उपराष्ट्रपति दुबै सीमामा पुगेर आप्रवासीका सन्दर्भमा स्थलगत जानकारी नलिएको भन्दै आलोचना गरेको छ ।

सीमा गस्तीले गत मार्च महिनामा सीमा पारको प्रयास गर्ने ठूलो संख्याका बालबच्चालाई नियन्त्रणमा लिएको छ भने आप्रवासीको भीडका कारण ती आप्रवासीलाई पक्राउ गर्ने, राख्ने र कागजी प्रक्रिया मिलाउने सङ्घीय विभागहरुमा तनाव उत्पन्न गराएको छ ।

नयाँ जिम्मेवारी प्राप्त गर्नु भएकी उपराष्ट्रपति ह्यारिसले फोनमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोर र ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँग फोनमा कुराकानी गर्नुका साथै यस क्षेत्रका विज्ञ र सामाजिक अभियन्ताहरुसँग धेरै चरणमा छलफल गरिसकेकी छिन् ।

ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँगको सोमबारको बैठकमा सम्बोधन गर्दै उपराष्ट्रपति ह्यारिसले देश छाड्नु पर्ने मुख्य कारणहरुका बारेमा चर्चा गरेकी थिइन् । समुद्री आँधी, निरन्तरको सुख्खा र कोभिड–१९ महामारीका साथै आर्थिक अवसरको कमी, विषम मौसमी अवस्था तथा सरकारमा व्याप्त भ्रष्टाचार मुख्य कारण हुन सक्ने उपराष्ट्रपति ह्यारिसको भनाई थियो ।

उपराष्ट्रपति ह्यारिसले भनिन्, ‘हामी दुबै गम्भीर कारणहरु सम्बोधन गर्न तपाईँसँग मिलेर काम गर्न चाहन्छौं, जसले ग्वाटेमालाका जनतामा आशाको सञ्चार गर्न सकोस् । यही देशमा उनीहरुको भविष्य छ भन्ने अनुभूति गराउनु हामी सबैको कर्तव्य र दायित्व हो ।’

उनले यस क्षेत्रका देशहरुलाई अमेरिकाले सहयोग बढाउने र प्रभावकारी, सुरक्षित र मानवीय ढङ्गले आप्रवासन व्यवस्थापन गर्न अझ राम्रो सहयोग गर्ने वचनबद्धता प्रकट गरिन् ।

उपराष्ट्रपति ह्यारिसका टिप्पणीहरु बाइडेन प्रशासनले ग्वाटेमालाका एक जना वर्तमान र एक जना वरिष्ट पूर्व सरकारी अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै प्रतिबन्धहरु घोषणा गरेकै दिन आएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै यी प्रतिबन्धहरुले ग्वाटेमालाका जनताले गरेको भ्रष्टाचारको अन्त्य रोक्ने प्रयासलाई सघाउने बताए ।

यद्यपी उपराष्ट्रपति ह्यारिस वा ग्वाटेमालाका राष्ट्रपति जियामेटी दुबैले नयाँ प्रतिबन्धका बारेमा कुनै टिप्पणी गरेनन्।

ह्यारिससँगको भर्चुअल बैठकमा राष्ट्रपति जियामेटीले आफ्नो सरकारले गरिबी समेत देशभित्र उत्पन्न विषम अवस्थालाई सम्बोधन गर्न अमेरिकासँग सहकार्य गर्न तत्पर र इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति जियामेटीले अहिले र आगामी जुनमा हुने प्रत्यक्ष भेटवार्तामा दुबै मुलुकले ग्वाटेमालामा शान्ति, समृद्धि र विकासलाई सुनिश्चित गर्न एक मार्गचित्र निर्माण गर्ने विश्वास व्यक्त गर् ।

रिपब्लीकन पार्टीले ह्यारिसका कदमप्रति तिखो आलोचना गरे पनि आप्रवासी मामिलाका विज्ञहरु र अभियन्ताहरुले ह्यारिसका प्रयासलाई मूल्याँकन गरिहाल्ने समय नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस