२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संकटकाल घोषणा गर्न माग गर्दै नेपाल चिकित्सक संघको १८ बुँदे सुझाव

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोनाबाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ।

संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका तथा युवासमेत बढी संक्रमित भइरहेको परिस्थितिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको सोमबार विज्ञप्ति जानकारी दिएको छ ।

विज्ञप्तिमा नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ।

संघले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बीमा प्रभावकारी रुपमा लागू गर्न माग गरेको छ।

यस्ता छन् सुझाव :

सरकारलाई संघको सुझाव
१) नेपालमा पनि सेकेण्ड वेभ आईसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भई धेरै नागरिकहरुले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रुपमा लिँदै दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित भएको तथा अस्पतालका बेडहरु समेत कोभिड –१९ का कारण बिरामीहरुले भरिएकाले नेपाल सरकारले अविलम्ब बढी संक्रमित भएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गरि बन्दाबन्दी गर्दै नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाउनुपर्ने।

२) सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुसँग समन्वय गरि इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोरोना संक्रमितको उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नपर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडीयूको संख्या तुरुन्त थप गर्नुपर्ने।
३) कोभिड अस्पताल घोषणा गरि संक्रमितहरुलाई छट्टै उपचार गर्न पर्ने।
४) स्वास्थ्य संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने।
५) कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बिमालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने।

६) सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाईका साथ लागू गर्नु पर्ने र भीडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नु पर्ने।

७) फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी एवम चिकित्सकहरु कोभिडविरुद्धको खोपबाट अझै पनि बन्चित रहेको हुँदा खोप यथाशिघ्र उपलब्ध गराउनुपर्ने।

८.चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नुपर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई र कोभिड १९ सम्बन्धि तालिम दिनु पर्ने।

९) कोभिड–१९ को दोस्रो वेब समुदायमा पनि फैलिसकेको हुनाले पोजेटिभ देखिएका केसहरुका कन्ट्याक्ट ट्रेसिङ गरि टेस्टको दायरा बढाउनु पर्ने र हटस्पट भएको ठाँउहरुमा फ्री आरटी पीसीआर गरि पोजेटिभ देखिएका केसहरुलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने।

१०) कोभिड १९ आइसकेपछि सुरु गरिएका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरु यथाशिघ्र
कार्यान्वयन गर्नुपर्ने।

११) दीर्घ रोगका उपचारमा रहेका बिरामीहरुको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने।

सर्वसाधारणका लागि
१) बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने ,साबुन पानी वा सेनिटाइजरले हात धुने र बालबालिकाहरु तथा परिवारका अन्य सदस्यहरुलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउने।

२) भीडभाड नगर्ने तथा भिडभाड भएको स्थानमा नजाने, भोज भतेर तथा पार्टीहरुमा नेपाल सरकारको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने।

३) आफ्नो पालो अनुसार कोभिड–१९ का विरुद्ध भ्याक्सिन लिने र सुरक्षाका उपायहरु नयमित रुपमा प्रयोग गर्ने।
४) कोभिड–१९ बाट संक्रमित व्यक्तिको सर्पकमा आएको अवस्थामा सतर्कता अपनाईआइशोलेसनमा वस्ने
५) ज्वरो, रुघाखोकी अथवा सास फेर्न कठिनाई भएको अवस्थामा तुरुन्त कोभिडको परीक्षण गराई उपयुक्त उपचार गर्ने गराउने।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि
१) स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अपनाएर , सुरक्षाका सामग्रीहरु सहि ढंगबाट प्रयोग गरी आफु सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न गराउनु पर्ने।
२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोभिड भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित गराउनका लागि आ आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने

प्रतिक्रिया दिनुहोस