१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि

अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जित हाँसिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिदेशीय टी-२० सिरिजको उपाधि जितेको हो ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

प्रतिक्रिया दिनुहोस