२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

अ+ अ-

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमानस्थल जोखिममा परेको छ ।

विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो ।

निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लिने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लागउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उनीहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको बताएका लामाले अब सुरक्षा अधिकारीसँगको सल्लाहमा माटो खन्न रोक्ने प्रतिक्रिया दिए ।

विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्ने काम तत्काल रोक्नुपर्ने जानकारी दिए ।

‘झट्ट हेर्दा सामान्यजस्तो देखिए पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ’, प्रजिअ आचार्यले भने, ‘तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौँ ।’

सिमकोट खेल मैदानको माथितिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जानकाएको छ ।

प्रतिक्रिया दिनुहोस