३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा अस्पतालमा अर्बुद पत्ता लगाउनका लागि परीक्षण सेवा

अ+ अ-

वाग्मती । हेटौँडा अस्पतालमा पहिलोपटक अर्बुद रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ ।

शरीरका विभिन्न भागमा अर्बुद छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए । अस्पतालमा ल्याबोरेटोरी मेसिनका माध्यमले अर्बुद पत्ता लगाउन शुरु गरिएको हो ।

रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर, पुरुषको अण्डकोष र प्रोस्टेट परीक्षणका लागि काम शुरु गरिएको उनले बताए ।

रगतका माध्यमले पत्ता लगाइने अर्बुद जँचाउन आउने सेवाग्राहीलाई अस्पतालले सस्तोदरमा सेवा दिएको उनले बताए । सरकारी अस्पताल बाहिर परीक्षण गर्दा तेब्बर मूल्य तिर्नुपर्ने बाध्यता भोग्दै आएका सेवाग्राहीका लागि यो सेवा प्रभावकारी हुने उनले जानकारी दिए । ।

यसैगरी शरीरको हड्डी कमजोर भएकालाई भिटामिन डी र शरीरमा भिटामिनको मात्रा पुग्छ कि पुग्दैन भनेर गरिने डी १२ कोे परीक्षण पनि शुरु गरिएको छ । हेटौँडा अस्पतालमा एकपछि अर्को सेवा थपिँदै जानाले मकवानपुरसहित छिमेकी चितवन , बारा,पर्सा जिल्लावासीका लागि सामान्य बिरामी हुँदा पनि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ, सर्जरी विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, महिला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, फिजियोलोजिष्टलगायतका विविध रोगका विज्ञ चिकित्सक रहेका छन् ।

सरकारी मान्यतानुसार ५० शय्याको सो अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमो छ । बिरामीको नियमित उपचारबाहेक सो अस्पताललले विभिन्न जटिल प्रकृतिका नाक, कान, घाँटी, हड्डी, पत्थर, आन्द्रा, पाठेघरलगायतका उचित शल्यक्रियासमेत यस अस्पतालबाट सेवा प्रभाव गर्ने गरिन्छ ।

वाग्मती प्रदेश सरकारमातहत सो अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ चिकित्सक तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्दछ ।

अस्पतालमा ५२ मेडिकल अफिसरसहित २१० कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस