१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्ततः काठमाडौँमै दर्शन दियौ मेलम्ची तिमीले !

अ+ अ-

जस लिन खोज्नेकोतछाँड्मछाड् छ यहाँ
बहुप्रतिक्षित मेलम्चीको पानी आएपछि
शायद राष्ट्रियस्तरमा गर्व गर्न लायक
अरू आयोजना नबनेर हो कि ?

तर वास्तविक खुसी त तिनै होलान्
जो काकाकुल काठमाडौँमा
वर्षौँदेखि धारामा थोपासम्मचुहिएको नदेख्नेहरू
केही अपवाद
ट्याङ्करमा पानी आपूर्ति गर्नेहरूबाहेक
सबै प्रफुल्लित छन् होला यो पल ।
हामी साना बच्चा छँदा देखिनै
सुनेका मात्र थिएउ मेलम्चीको पानी भन्ने
तर आज आफ्ना आँखा अगाडि
यसरी कलकल बगेको हेर्न पाउँदा
अझैवर्षौंदेखिको मेलम्चीको प्यास मेट्न पाउँदा
अवश्य भाग्यमानी त ठानेकै छौँ
कुनै जस लिने अरू अवसर नजुटे पनि ।

यतिका वर्ष लाग्ने गरी
मेलम्ची खानेपानी आयोजना अलपत्र परिरहँदा
जवाफदेही कोही बन्नै चाहेन
कोही यसको कारण खोज्न पुगेनन्
न त जनदबाब सिर्जना गर्न लागे कोही नै
उल्टै अन्य नयाँ आयोजनालाई उपमा दिन्थे
यो पनि मेलम्चीको पानी जस्तै हो
अर्थात् लागेको थियो सबैलाई
यो कुनै पागलले देखेको सपना हो
कुनै भिजन विनाको मृगतृष्णा हो
जो कहिल्यै पुरा नै हुँदैन ।

हिजोमेलम्ची आयोजनाको
मजाक उडाउन तल्लीन तिनै झुन्डहरू
कुनै कुख्यात अपराधीलाई
राजनीतिक आस्थासँगजोडेर
सरकार तुरुन्त रिहा गर् भनी
माइतीघर मण्डलामा प्रदर्शन गर्दै
त्यस्तै अरू स्वार्थ पुरा गराउन
सडक र सदन तताइरहने बाहेक
अहँ मेलम्चीको विषयमा
गम्भीर हुने गरी
कोही बोलेको सुनिएन ।

बग्रेल्ती खुलेका फाउण्डेशनको
निर्माण कार्य होस्या समाजसेवा भनिने
चन्दा सङ्कलन अभियानमा
चन्दा दिन्छौ, श्रमदान गर्छौँ भन्नेहरू समेत
मेलम्ची आयोजना कुनै समय अलपत्र पर्दा
हामी निकासा दिन्छौँ भनेर
सोध्न सम्म कोही गए कि गएनन्
तर आज जस लिन किन यति प्रतिस्पर्धा ?

जरुर
स्वप्न द्रष्टा शासक हुनुपर्छ
सपनासम्म पुराउने मार्गचित्र कोरिनुपर्छ
भेटिन्छन् विभिन्न कालखण्डमा
सार्थकता दिलाउन भगीरथ प्रयत्न गर्नेहरू
निर्माण क्रममा ज्यानै आहुति गर्दा पनि
जस लिन अस्वस्थ होडबाजी नगर्ने परिवारहरू
तिनको योगदानलाई कम आँक्दै कसैले भुले पनि
चुपचाप इतिहासले पक्कै मूल्याङ्कन गर्नेछ
उनीहरूको सपना साकार पार्दै ।
मेलम्ची आयोजना मात्रै नभई
अरू भावी योजनाको कोशेढुंगा हो
विभिन्न विघ्न, बाधा र चुनौती पार गर्दै
अघि बढे सफल भइन्छ भन्ने
गहन सन्देश पनि हो
जुनसुकै विचारधाराको शासकको
सोच र सपना भए पनि
सत्ता र शासक फेरिदा समेत
निरन्तरता दिए गन्तव्य पुगिन्छ भन्ने
एक ज्वलन्त उदाहरण पनि हो
त्यसैले अझै शुभकामना छ मेलम्चीलाई
तिमी सबैको घरमा अविराम यात्रा गर्नु ।

प्रतिक्रिया दिनुहोस