३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूरू जलविद्युत परियोजनाको आईपीओ भर्ने आज अन्तिम दिन, ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीका लागि

अ+ अ-

काठमाडौँ । आज रूरू जलविद्युत परियोजनाको आईपीओ पर्ने अन्तिम दिन हो । कार्यालय समयभित्र आज आइपीओ भर्ने सकिने छ ।

हालसम्म उक्त कम्पनीको आईपीओमा १३ लाख जना भन्दा बढीले आवेदन दिइसकेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । आवेदक मध्येबाट ३७ हजार ९ सय १० जनाले मात्र १०–१० कित्ताका दरले शेयर पाउने छन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका चैत २० गतेदेखि ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ निष्काशन खुला गरिएको हो । ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

स्थानीयमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य रू. १०० मा रू २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने छ । पछिल्लो समय आईपीओका लागि १८ लाख भन्दा बढीले आवेदन दिन थालेका छन् । कम्पनीको ३ लाख ७९ हजार १ सय ६७ कित्ता शेयर ३७ हजार ९ सय १० जनाले मात्र गोला प्रथाबाट पाउने छन् । त्यसकारण १० कित्ता मात्र आवेदन दिनु उपयुक्त हुने देखिन्छ । इक्रा नेपालले कम्पनीलाई ग्रेट ३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रूरू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको छ ।

यसअघि फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नंम्बर ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरी चैत ९ गते बाँडफाँट गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस