२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

अ+ अ-

इस्लामावाद । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ ।

पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत यहाँको सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।

उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ । यो प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको जनाइएको छ ।

यो नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । सरकारले धार्मिक र सांस्कृतिक जस्तो विवाह आदिका कार्यहरुमा पनि जमघट हुन नपाइने जनाएको छ । यस्तो प्रतिबन्ध घरबाहिर सार्वजनिक रुपमा मात्र नभएर घरभित्रै पनि ठूलो संख्यामा मानिसहरु जम्मा हुन नपाइने जनाइएको छ ।

देशमा कोभिडका संक्रमितहरु बढ्दै गएकोले सबै नागरिक सजग हुनुपर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि आइतबार सबै देशबासीहरुलाई राष्ट्रिय टेलिभिजनमार्फत् अपिल गरेका थिए । उनले देशमा कोरोना भाइरसको तेस्रो वेभको प्रकोप बढ्दै गएकोले यसबाट बच्न सबै नागरिकले सरकारले लागू गरेका नियमहरुको पालना गर्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस