२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्काइदियो : नेता नेपाल

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा नाम विवादमा सर्वोच्च अदालतबाट विचित्रको फैसला आएको बताएका छन् । नेता नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्काइ दिएको बताएका छन् ।

आज (शनिबार) बृहत नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्काइ दिए पनि त्यहाँ केपी शर्मा ओलीले आफूलाई ढोका बन्द गरेको बताए । ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजिरहेको भए पनि आफू नडराउने उनले बताए ।

‘आज म बढो आफ्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई सर्वोच्च अदालतले घोक्र्याएर पठाई दिएको छ’, नेपालले भने, ‘सर्वोच्च अदालतले बढो विचित्रको फैसला गरेको छ ।’ उनले दुई पार्टी एक भएर नेकपा बनेको निर्वाचन आयोगले प्रमाणित गरेर प्रमाण समेत दिएको र यो बीचमा चुनावलगायतका अन्य धेरै गतिविधि पनि भएको बताउँदै सर्वोच्चले नमान्ने फैसला गरेको बताए ।

उनले सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका लागि ढोका बन्द भएको बताए । ‘सर्वोच्चको फैसला छ पुरानो ठाउँमा फर्क । हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि मलाई कस्तो गाह्रो छ भनेदेखि पार्टीभित्रको कुरा डबलीमा आएर भन्यो माधव नेपालले भन्ने अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन घोक्र्याएर त्यहाँबाट पनि निकाली दिने स्थिति बन्ला’, नेपालले थपे, ‘म त्यस्ता कुरामा डराउने र तर्सिने माधव नेपाल होइन । किनभने यो आन्दोलन र पार्टीको विजारोपण गर्ने म हो ।’ उनले यो देशमा भएका धेरै आन्दोलनमा आफू सहभागी भएको बताए ।

उनले सर्वोच्च अदालतले पार्टीलाई २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्काइ दिए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै गोप्य भेला बोलाएर आफ्नो पक्षलाई बाइकट गरेर अगाडि बढेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस