२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर बुझाइँदै : जग्गा कहाँ छ थाहा छैन ?

अ+ अ-

फुङ्लिङ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा ताप्लेजुङको नाममा १५० रोपनीभन्दा बढी जग्गाको मालपोत कार्यालयमा कर तिर्ने काम मात्र हुँदै आएको छ तर जग्गा कहाँ कसले भोगचलन गर्दै आएको छ, कार्यालयसँग कुनै तथ्याङ्क छैन् । कम्पनीको नाममा चार स्थानीय तहमा विभिन्न स्थानमा जग्गा छ भनिए पनि कहाँ छ भन्ने संस्थानसँग कुनै जानकारी छैन ।

कागजी स्रेस्ताअनुसार मालपोतमा राजश्व बुझाउने काम भने खाद्य संस्थाको जिल्ला कार्यालयले गर्दै आएको कम्पनीको ताप्लेजुङ शाखा प्रमुख तुलमाया लोवाले बताइन् । सदरमुकाम फुङ्लिङमा तीन रोपनी एक आना दुई पैसा एक दाम जग्गा छ । यहाँ कम्पनीको गोदाम घर र कार्यालय सञ्चालन भइरहेको छ । केही खाली क्षेत्रमा कर्मचारीले बेलाबेलामा सागसब्जी रोप्दै आएका छन् । एक हजार ५७५ नम्बरको एउटै कित्ता रहेको स्रेस्तामा उल्लेख छ ।

मैवाखोला गाउँपालिकामा दुई कित्ता जग्गा छ । तीन सय ७१ कित्ताको दुई रोपनी १४ आना तीन पैसा दुई दाम र ३६९ नम्बरको कित्तामा ११ आना तीन पैसा तीन दाम जग्गा रहेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी जग्गा आठ राई त्रिवेणी गाउँपालिका तीन हाङ्पाङमा छ । यहाँ छ कित्ता जग्गा रहेको खाद्यले जनायो । अठहत्तर नम्बर कित्तामा १४ रोपनी १३ आना २ दाम, २१३ नम्बर कित्तामा नौ रोपनी एक दाम दुई पैसा, २१४ नम्बर कित्तामा पाँच रोपनी नौ आना, ८९ नम्बर कित्तामा १२ रोपनी आठ आना दुई पैसा दुई दाम, ११५ नम्बर कित्तामा ११ रोपनी १५ आना तीन पैसा दुई दाम र ४४२ नम्बर कित्तामा ११ रोपनी १४ आना तीन पैसा जग्गा रहेको स्रेस्तामा उल्लेख छ ।

आठराई त्रिवेणी गाउँपालिकामा ६५ रोपनी जग्गा कम्पनीको नाममा छ । सो जग्गा कस्ले भोग चलन गर्दै आएको छ । कम्पनीसँग तथ्याङ्क नभएको कम्पनीको शाखा कार्यालयका प्रमुख लोवाले बताइन् । जग्गाको स्रेस्ता छ तर जग्गा कहाँ छ कुनै पत्तो छैन । उनले भनिन्, ‘केही जग्गा पत्ता लागेको छ । बाँकी खोजी भइरहेको छ ।’ अहिलेसम्म मालपोतमा तिरो तिर्ने काम मात्रै भइरहेको लोवाले बताइन् ।

कम्पनीको जग्गा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिंवा बजारमा ३६३ कित्ता नम्बरको दुई आना एक पैसा दुई दाम देखिएको छ । खाद्य कम्पनीको गोदम बेवारिसे अवस्थामा छ । फक्ताङलुङ गाउँपालिका–३ खेजिनेमा ४३ रोपनी तीन आना एक दाम जग्गा कम्पनीको नाम रहेको छ । अठ्तिस कित्ता नम्बर जग्गामा २४ रोपनी आठ आना तीन दाम जग्गा संस्थानको नाममा हरेको छ ।

पचहत्तर किता नम्बर जग्गामा तीन रोपानी एक आना दुई पैंसा तीन दाम संस्थानको नाममा हरेको छ । तीन सय ३७ कित्ता नम्बर जग्गामा चार रोपानी ६ आना तीन पैसा तीन दाम संस्थानको नाममा हरेको छ । एक सय ३४ कित्ता नम्बर जग्गामा ११ रोपनी दुई आना संस्थानको नाममा जग्गा रहेको तथ्याङ्क छ ।

कसरी प्राप्त भयो ?

नेपालको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी नेपालकै जग्गाको हिसाबले धनी संस्था हो । कम्पनीको पहाडदेखि तराईसम्म जग्गा प्रशस्त छ । खाद्य संस्थाले जग्गाको स्रेस्ता मात्र धेरैको छ । जग्गा कहाँ छ, कसले भोगचलन गर्दै आएको छ भन्ने संस्थासँग कुनै तथ्याङ्क छैन ।

विसं २०३७ सालतिर खाद्य ठेकेदारमार्फत गाउँगाउँमा खाद्य संस्थाको चामल बिक्री वितरण हुने गथ्र्यो । ठेकेदारले गाउँघरको जग्गाको धनी पूर्जा खाद्य संस्थाको कार्यालयमा धितो राखेर चामल आश्यकता अनुसारको कार्यालयबाट चामल लिएर ठेक्का गरेको नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका प्रमुख कार्यालय काठमाडौँका सम्पत्ति विभाग प्रमुख माधव अर्यालले बताए ।

कसको जग्गा खाद्य कम्पनीका नाममा ?

सदरमुकाम फुङ्लिङ–५ मा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको कार्यालय रहेको तीन रोपनी एक आना दुई दाम एक पैसा जग्गा ताप्लेजुङमा पहिलो नापनक्शा हुँदा खाद्य संस्थानको नाममा रहेको जिल्ला नापी कार्यालको अभिलेखमा छ । ताप्लेजुङमा पहिलोपटक २०४६ सालमा नापी भएको थियो । विसं २०४६ वैशाख १८ गते जग्गा नापनक्शा भएर खाद्य संस्थानको नाममा गएको नापी कार्यालयमा अभिलेख छ ।

त्यस्तै मैवाखोला गाउँपालिका–४ साविक हाङपाङ–७ मा ३६९ र ३७१ किता नम्बरको जग्गा ४८/३४ बैठक नम्बरको निर्णयले २०५८ पुस २ गते ताप्लेजुङ जिल्ला अदालतको चलानी समेतबाट डिल्लीरमणको जग्गा खाद्य संस्थानको नाममा गएको जिल्ला मालपोत कार्यालयको अभिलेखमा जनाएको छ ।

आठराईत्रिवेणी गाउँपालिका–४ साविक हाङपाङ–७ मा रहेको जग्गा ७८, २१३ र २१४ कित्ता नम्बरको जग्गा २०४८ साउन ७ गते नन्दकुमारी लिम्बूको खाद्य संस्थानको नाममा आएको अभिलेखमा जनाइएको छ । उनानब्बे हजार ११५ र ४४५ कित्ता नम्बरको जग्गा २०५० पुस ९ गते सुमित्रा लिम्बूको जग्गा खाद्य संस्थानको नाममा आएको जिल्ला अदालतको अभिलेखमा जनाएको छ ।

फक्ताङ्लुङ गाउँपालिका–२ साविक लिङ्खिम–९ मा ३६३ कित्ता नम्बरको जग्गा २०४९ साल असोज १३ गते भीमप्रसाद बरालको जग्गा खाद्य संस्थानको नाममा पास भई आएको नापी कार्यालयको अभिलेखमा जनाएको छ । साथै, फक्ताङ्लुङ गाउँपालिका–२ साविक खेजेनिम– ८ मा ६८ हजार ७५ र ३३६ कित्ता नम्बरको जग्गा २०६० वैशाख १६ गते डम्बरबहादुर लिम्बूको नाममा रहेको जग्गा खाद्य संस्थानको नाममा आएको अभिलेखमा छ ।

त्यस्तै हस्तबहादुर कार्कीको कित्ता नम्बर १३४ जग्गा २०६० वैशाख १६ गते खाद्य संस्थाको नाममा आएको जिल्ला मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ ।

जग्गाधनी कहाँ छन् ?

कम्पनीको नाममा रहेको जग्गा भोकचलन हुँदै आए पनि खाद्य तथा व्यापार कम्पनीको नाममा जग्गा हो भनेर अहिलेसम्म थाहा नभएको फक्ताङ्लुङ गाउँपालिका–२ का वडाध्यक्ष हर्कसिंह पराजुलीले बताए ।

आफनो वडामा कम्पनीको जग्गा रहेको छ भन्ने आफूले समेत जानकारी नभएको पराजुलीले बताए । जग्गा भए पनि गाउँ छाडेर तराईतिर बसाइँ गएको मैवाखोला गाउँपालिकाका उपाध्यक्ष कौशिला लिम्बूले बताइन् ।

कम्पनीको अचल सम्पत्ती

नेपाल सरकारको स्वामित्वमा सञ्चालन भएको संस्थामध्ये सबैभन्दा धनी संस्थामा खाद्य तथा व्यापार कम्पनी पर्दछ । कम्पनीको अचल सम्पत्तिको रुपमा तराईदेखि पहाडसम्म जग्गा रहेको तथ्याङ्कमा छ । कम्पनी आफैँले पनि आफ्नो नाममा रहेको जग्गाको रेखदेख गर्न सकेको छैन ।

फुङ्लिङमा रहेको जग्गाबाहेक अन्य स्थानमा रहेको जग्गा कसको नामबाट आएको हो, सोही व्यक्तिले किन्न चाहेमा कम्पनीले दिनसक्ने नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका प्रमुख कार्यालय काठमाडौँका सम्पत्ति विभाग प्रमुख माधव अर्यालले बताए । स्थानीयस्तरमा जग्गाको चलनचल्तीको हिसाबले कम्पनीबाट किन्न सक्ने अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस