२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल दक्षिण एसियाकै खुसी मुलुक (हेर्नुहोस वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१)

अ+ अ-

काठमाडौँ । नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परहेको हो।

सन् २०२० मा ९२ औँ स्थानमा रहेको नेपाल सन् २०२१ मा ५ स्थान माथि उक्लिएर ८७ औँ स्थानमा पुग्न सफल भएको छ। नेपालले १० मा ५.२६९ अंक प्राप्त गरेको छ। त्यसअघि सन् २०१९ मा नेपाल १०० औँ स्थानमा थियो।

विगत तीन वर्षमा गरिएको सर्वेक्षणका आधामा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो।

उक्त अध्ययन अनुसार नेपाल यसपटक दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको हो। नेपालको छिमेकी मुलुक भारत १३९ औँ स्थानमा, चीन ८४ औँ स्थानमा छ, पाकिस्तान १०५ औँ स्थानमा र बंगलादेश १०१ औँ स्थानमा छन्।

सूचीअनुसार विश्वकै सबैभन्दा खुसी मुलुक फिनल्यान्ड पहिलो नम्बरमा छ। फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन्। उत्कृष्ट दशभित्र युरोपबाहिरबाट न्यूजिल्यान्ड मात्र अटाएको छ।

अफनिस्थान १४९ औँ स्थानमा परेको छ। सूचीमा विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिका १९ औँ स्थानमा छ।

यस्तो छ वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१

प्रतिक्रिया दिनुहोस