२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसले अरुलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि ओलीको विकल्प खोज्नुपर्छः पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्।

शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन्।

देशमा राजनीतिक अन्यौलता भएको भन्दै उनले त्यसलाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए। नेतृत्वले निर्णय लिन नसकेको उनको भनाइ छ।

उनले भने, ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरुमध्ये को–को सँग मिलाएररमिलेर के गरेर हुन्छ, कसैलाई अगाडि बढाएर हुन्छ कि, आफू अगाडि बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठुलो उत्पात गरे, उधुम गरे, तिनको विकल्पमा नयाँ सशक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भुमिका नेपाली कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ।’

उनले थपे, ‘देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ। देशलाई अन्यौलमा राख्ने होइन। अहिलेको अन्यौललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नु पर्छ। नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ। नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो।’

नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए। संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ।

उनले भने, ‘अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति दिँदैन। संसद फेरि विघटन गर्ने कहीँ पनि ठाउँ छैन। त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिड्नेरु कहाँनेर कता फस्दै गयौँ हामीरु कसले फसाउन खोज्योरु हामीले अहिले चुनावको कुरा होइन, यही संसदलाई कसरी उपयोग गर्ने, यही संसदमा भएका शक्तिहरुलाई समायोजन गरेर अहिले विकल्प दिने हो।’

वरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए। संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस