३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनबिए कप च्याम्पियनसिप चैत्र दोस्रो साता

अ+ अ-

काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गर्ल्स यु – १७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

र्याङ्किङ्ग प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसँग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आबद्ध हुन बाँकी जिल्ला, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफल क्लबका खेलाडीहरूले सहभागिता जनाउन पाउने छन् ।

करिब २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै युगल तर्फका शीर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यु – १७ ब्वाईज तथा गर्ल्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

विश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाइने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरीयता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ । यस्तै यु १७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक व्यवस्थापक रहने छन् ।

कोटामा परेका प्रत्येक खेलाडीह, प्रशिक्षक र व्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटा भन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले खान बस्ने व्यवस्था आफू स्वयंले गर्नु पर्नेछ ।

दीपेश र प्रिन्स उपाधिका लागि भिड्ने
एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि निकट पुगेका छन् ।

राष्ट्रिय च्याम्पियन दिपेशले फाइनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१/१४, २१/१७ को जित निकाले भने विश्व जुनियरको वरियतामा तेश्रो नम्बरमा रहेका प्रिनसले प्रतियोगितामा दोस्रो वरीयता पाएका पुलिसका विष्णु कटुवाल माथि २१/१५, २१/१२ को जित निकाले ।

शनिवार साङ्लास्थित साईनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जन माथि को जित निकाल्दै उपाधिका लागि प्रिन्स सँगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका विष्णु कटुवाललाई ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनुमाया राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अमिताले धादिङ्गकी तारा आलेलाई २१/९, २१/४ ले र राईले एपिएफकी शोभा गौचनलाई २१/८, २१/१२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

पुरुष युगल तर्फ हिमालय क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरी फाइनल प्रवेश गरे । उक्त जोडीले सुर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडीलाई २१/१६, २१/१२ ले पराजित गर्दै उपाधिका लागि आयोजक साइनोको अभिषेक बोस र सुजन थापाको जोडी सँगको भेट पक्का गरे । बोस र थापाको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडीलाई २१/१७, २१/१३ ले पराजित गरे ।

पुरुष युगल ४५ को प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी जित निकाल्दै फाइनल प्रवेश गरे । उक्त जोडीले युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडीलाई २१/१३, २१/१९ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र सञ्जय कपालीको जोडीले ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीलाई २१/९, २१/१३ ले पराजित गर्दै उपाधिका लागि जेष्टका श्याम र नवीनको जोडी सँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र सञ्जय श्रेष्ठको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी माथि १५/२१, २१/१८, २१/१८ को जित निकाल्दै फाइनल प्रवेश गरे । यस्तै अर्को खेलमा गण्डकीका तिलक छन्त्याल र हिरा राईको जोडीले चितवन ब्याडमिन्टन संघका साजकुमार गुरुङ्ग र साईनोका सुजन थापाको जोडीलाई २१/१९, १९/२१, २२/२० ले पराजित गरे ।

पुरुष युगल सी तर्फको खेलमा टोखा युग क्लबका क्षितिज खनाल र अमन महर्जन तथा कीर्तिपुरका दिप्रिस मुन बज्राचार्य र निखिल भट्टको जोडी फाइनल प्रवेश गरेका छन् । खनाल र महर्जनको जोडीले बुटवलका किरण विष्ट र चितवन जिल्ला ब्याडमिन्टन संघका राजकुमार गुरुङको जोडीलाई १५/२१, २१/१०, २१/१७ ले तथा दिप्रिस र निखिलको जोडीले गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडीलाई २१/१५, २१/१७ को सहज जित निकाले ।

प्रतिक्रिया दिनुहोस